मेरो साहित्यिक लेखन प्रयासलाइ उत्प्रेरणा दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद अर्पण गर्दै मेरो लेखन प्रयास-३४ कविता यहाहरू समक्ष पस्केको छु
मौन मस्ती
आज मन कस्तो कस्तो मौन छ
न सोच छ न विचारहरू नै छन्
न कोही आफ्नो छ न कोही अर्को
न त मर्ने डर छ न बाच्नुँको पीडा
आज आफै आफैमा मौन छ मन
यसैत् आज मस्ती छ मौन मस्ती।
आज न बिचारहरूमा बिकृती छ
सोच अनि स्वार्थमा समान छ मन
केही प्राप्ति छैन अनि गुमाउनु छैन
जीवन आफै गौण छ अस्तित्व अनि
आज आफु आफैमा मौन छ मन
यसैत् आज मस्ती छ मौन मस्ती।
न केही प्राप्ति अनि द्धोयस भाव
न कोही कसैसग केही भाव छ
आफु आफैमा कता कता लिप्त
मनमा न रोदन छ न त प्रेम भाव
खाली अत्यन्त खाली मौनता छ
यसैत् आज मस्ती छ मौन मस्ती।
न कसैसँग केही आशा गरिएको छ
न कसैसग केही भरोसा गरिएको छ
विश्वास अनि भरोसा छ आफैमाथि
शान्त अनि शान्त मनको स्थिर गति
यसैत् आज मस्ती छ मौन मस्ती।
कोही कसैसग केही विचलन छैन
कसैसग केही भावमा अनुग्रह छैन
यो त नितान्त अनि शान्त आत्मा हो
सबमा आनन्द सधैं आनन्द अनुभुती
कोलाहल सब आफै सृजित ब्यथा हुन
यसको कुनै प्रभाव अनि असर छैन
स्वभाव स्थिर छ गति ठिक होस नहोस
शान्त अति शान्त छ मनको गति आज
यसैत् आज मस्ती छ आफैमा मौन मस्ती।