६ फागुन, काठमाण्डौं । दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–५ सौगन्नकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्छन् ।
गाउँपालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गरेका छन् ।
गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागि चाहिने सरिया बोकेर उहाँ दिनहुँ यहाँ पुग्ने गर्छन् । त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक सामान बोकेर दिनहुँ गाउँपालिकाका खण्डेश्वरी, घुसालगायतका क्षेत्रमा पुग्ने गरेको बताए ।
श्रीमान् धीरेन्द्रसिंह धामी पनि उनीसँगै भारी बोक्ने काम गर्छंन्, “श्रीमान्–श्रीमती दुवै मिलेर भारी बोकेर परिवारको खर्च जोहो गर्ने गरेका छौँ, रोजगारीको अर्को विकल्प नभएपछि अप्ठ्यारो भारी बोक्नुपरेको छ”, उनी भन्छन्, स्थानीय सरकार गठन भएको पाँच वर्षसम्म गाउँपालिका केन्द्रसम्म सडक सञ्जालले नजोडिएको यो गाउँपालिका हो ।
गाउँपालिका केन्द्रसम्म सडक सञ्जाल नपुग्दा अहिले यस क्षेत्रमा महिला भरिया धेरै भेटिने गर्छन् । पुरुष अधिकांश बाहिर गएर पनि काम गर्छन् । गाउँपालिकामा हुने विकास निर्माणदेखि अन्य सामान ढुवानीमा महिला बढी सक्रिय छन् ।
अप्ठ्यारो भारीको मकरीगाडबाट प्रतिकिलो रु ३० सम्म भाडा लिने गर्छन् । माथिल्लो क्षेत्रका बासिन्दाले भारी बोक्दैनन् । जोखिमपूर्ण काममा अधिकांश वडा नं ५ र बाहिरका भरिया प्रयोग हुने गरेका छन् ।
‘भारी बोकेन भने घर खर्चदेखि छोराछोरीको पढाइलगायतको खर्च केबाट व्यहोर्नु, धामीले भने, ‘दैनिक रु दुई÷तीन हजार भारीबाट कमाइ हुन्छ । सिमेन्ट, खाद्यानन् लगाएतका सामान अपिहिमालमा खच्चडमार्फत ढुवानी हुने गरेको छ । स्थानीय रेनुका धामीले दैनिक प्रतिकिलो ३० देखि ५० किलोसम्मको भारी तीन घण्टा उकालो चढेर पु¥याउने गरेको बताए ।
कहिलेकाहीँ दुधे बालकलाई छाडेरसमेत भारी बोक्नुपर्ने बाध्यता छ, तीन/चार घण्टामा फर्किहाल्छौँ’, उनले भने, ‘भारी नबोके परिवार चलाउन सकिँदैन, खेतबारीकै उत्पादनले पुग्दैन, खाद्यानन्को जोहो गर्न भए पनि भारी बोक्नैपर्छ ।’
भारी नबोके परिवार पाल्न समस्या हुने गम्फा ठगुनन भन्छन्, खेतमा लगाएको अनन् बालीले वर्षभरि खान नपुग्नेर गाउँमा अन्य काम नभएको उनले बताए । अपिहिमाल जान मकरीकोट र घुसाको ओकालो बाटो साह्रै कठिन छ ।



