१० वैशाख , काठमाडौ । हिजो मात्र कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवस मनाउंदै गर्दा सच्चा कम्युनिष्ट हौं भन्नेहरुको मनमा पक्कै पनि केही कांडाले कोतरेको हुनुपर्छ ।
किनकि , नेपालमा बग्रेल्ती छरिएर रहेका कम्युनिस्ट पार्टीहरुको प्रायस् मार्ग निर्देशक सिद्दान्त एउटै छ, लक्ष्य उही हो अन्तिम गन्तब्य समाजवाद ! अनि बाटो एउटै हो तैपनि पद, पैसा पावर र प्रतिष्ठाको लडाइमा झुम्मिएर अध्यक्ष , महासचिब अनि भाइटल पदको लोभमा केही कम्युनिस्ट पार्टीका नेताहरु रुमलिइ राखेका छन ।
अतीततिर फर्किएर पुष्पलाल, मनमोहन, मङलसिद्दि मानन्धरतिर पनि ध्यान दिने कि रु एकपटक सच्चा मनले सोचौं त, यी छरिएर रहेका कम्युनिस्ट पार्टीहरु एक ढिक्का भएर बिनास्वार्थ एउटै रथको दुइ पांग्रा भएर अगाडि बढ्ने हो भने देश भित्र र बाहिर रहेका स्वार्थी गुटका झुन्डहरुले के बिगार गर्न सक्लान रु तर कम्युनिष्टको सोच ब्यबहारिक सर्वहारा वर्गको जीवनचर्या जस्तै हुनुपर्नेमा ऐस आरामको महल, गाडी अनि लक्जरियस प्रकारको जीवन सैली अप्ननाउंदा जनताको साख तैपनि गिरेको छैन ।
यसै सन्दर्भमा भीम रावल भन्छन ”हाम्रो सबैभन्दा ठूलो सामर्थ्य के हो भने हामीलाई पार्टी के हो रु क्रान्ति के हो रु मार्क्सवाद, लेनिनवाद, माओवाद, जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद, समाजवादजस्ता पारिभाषिक शब्दाबलीको व्याख्या कसरी गर्नु पर्छ रु सबै थाह छ ।” अर्कातिर, मुद्रा, प्रविधि र व्यवस्थापनमा पारङ्गतहरुको सङ्गतले हामी पनि आधुनिक बजार व्यवस्थापक जत्तिकै ज्ञान राख्छौँ । यहि क्षमताले गर्दा हामीलाई अनगिन्ती क्रान्तिकारीहरुले आफुजस्तै ठान्छन पनि ।
तसर्थ , अझै पनि सवै कम्युनिष्ट पार्टीहरु एकजुट हौं । अन्यथा उदार अर्थतन्त्र र लचिलो प्रजातन्त्रको नाममा एकदिन यो देश र भएका जल, जमिन, जङल, जडिबुटी, जनावर र खानी आदि सवै अर्काको पोल्टामा बिस्तारै जांदै गर्दा हामी हाम्रो अमुक शरिर मात्र लिएर आफ्नै घरमा डंडेलो लगाइ खरानीको ब्यपारी बन्न बाध्य हुनेछौं ।
बुझौं, सोचौं, रीस राग, ईष्या, आपसी बैमनश्यता त्यागौं र भातृत्वको भावना बिकास गरौं तवमात्र एक दिन यो देश बिकासको चरमोत्कर्षमा पुग्न सम्भव छ । अन्यथा पूँजिबादीहरुको दासत्व स्वीकार गरेर बाँच्नु र बस्नुको बिकल्प छैन ।
- खिमराज गिरी



