Comments Add Comment

Advertisment

SKIP THIS

जनप्रतिनिधीको मिलोमतोमा बाटो निर्माणको नाममा वनको ढुङ्गा उत्खनन् गरी बेचबिखन

काठमाडौं , ललितपुरको लाकुरी भञ्ज्याङको बाटो निर्माणको नाममा सामुदायिक सार्बजनिक वनको ढुङ्गा अबैध रुपमा उत्खनन् गरेर बेचबिखन गर्न गिरोहलाई News24galaxy.com ले पर्दाफास गरेको छ् ।

स्थानीय प्रशासन र जनप्रतिनिधीको मिलोमतोमा ललितपुर महालक्ष्मी-१० स्थित लाकुरी भञ्ज्याङ्मो बाटो निर्माणको क्रममा सामुदायिक सार्बजनिक वनको ढुङ्गा अबैध रुपमा बिक्रीवितरण गरेको पाइएको छ ।

यसरी सार्वजनिकनिजी बाटोको डुङ्गा अबैध रुपमा उत्खनन् गरेर बिक्रीवितरण हुँदा समेत नियमन निकाय भने आँखामा पट्टी बाँधेर बसेका छन् । बाटो निर्माणको अनुमति दिएपछी नियम अनुसार काम भएको छ की छैन भनेर बेलाबेलामा स्थानीय तह,जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नुपर्छ तर ठेकेदारको प्रभावमा परेर हालसम्म कुनैपनि निकायले अनुगमन नगरेको जानकारी आएको छ ।

प्रशासनले अनुमगन गरे अबैध ठहर्ने र उत्खनन् नै बन्द गरी ठेकेदारलाई कार्वाही गर्नुपर्ने भएकाले नियमन निकायले अनुगन नै नगरेको स्थानीयको भनाई छ । सिडिओ, जिल्ला समन्वय समिती ,नगरपालिकाका प्रमुख हरिगोबिन्द श्रेष्ठ साथै महालक्ष्मी -१० का वडा अध्यक्ष विजय लामा सहित वडा सदस्यहरु बिरमान लामा र राजेन्द्र बिष्ट नै ठेकेदारसँग मिलेको स्थानीयहरुले बताए ।

जथाभावी उत्खनन गर्दा बाटोमा ठूला खाडल परेका छन् साथै ती खाडल पशुचौपाया बर्खामा डुब्ने गरेका छन । अहिले उत्खनन गरेर खाडल पारिन्छ । वडाको अध्यक्ष विजय लामालाई ठेकेदारले मोटो रकम बुझाएर जथाभावी उत्खनन् गरेको स्थानीयको आरोप छ । ‘हामीले अबैध उत्खखन् गर्नेलाई कावार्ही गनुप¥यो भनेर सिडिओ र गाउँपालिका अध्यक्षलाई धेरैपटक फोन ग¥यौँ ।’स्थानीयले भने,‘ तर,सबैबाट हुन्छ भन्ने मात्रै भयो । कुनै कावार्ही भएन ।’

अबैध उत्खनन्को बिरोध गर्दा आफूहरु असुरक्षित भएको हो कि भन्ने समेत स्थानीयको भनाई छ । बिरोध गरे जेपनि हुन सक्ने भन्दै ठेकेदारहरुले धम्की समेत दिने गरेको बताए । ठेकेदारले आफूहरुले सबैलाई किनेकाले कसैले पनि उत्खनन् रोक्न नसक्ने भन्दै ठेकेदारले बिरोध नगर्न चेतावनी दिने गरेको उनको भनाई छ ।

कुनै राष्ट्रिय गौरवका आयोजना भए त्यहाँ काम गर्दा समेत स्थानीय प्रशासको अनुमती लिनुपर्छ । ठेकेदारले बाटो कटिङको ढुङ्गा र माटो ओसारपसार गरिरहेका छन । स्थानीयले अबैध ढुङ्गा र माटो उत्खनन् रोक्न भनेर प्रशासलाई जानकारी गराउँदा कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ ।

सार्वजनिक वनको ढुङ्गा अबैध रुपमा उत्खनन् बिक्रीवितरण हुँदा समेत प्रहरीले रोक्ने प्रयास सम्म गरेको छैन । अवैध ढुङ्गा उत्खनन्ले सार्बजनिक जङ्गल नै जोखिममा परेको स्थानीयहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै