Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पामा मोटरसाइकल चोर्ने एक व्यक्ति पक्राउ

३० भाद्र , काठमाडौँ । पाल्पामा मोटरसाइकल चोर्ने एक ब्यक्ति पक्राउ परेका छन् । बाग्लुङ बडिगाड १० का हाल रुपन्देहीको कन्चन गाउँपालिका वडा नं. १ बस्ने ३३ वर्षका चेतमान सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार लु ६४ प ९४२० नम्बरको मोटरसाईकल चोरेर बुटवलतर्फ लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो । तानसेनको वृन्दावनबाट उनले मोटरसाइकल चोरका थिए ।

त्यस्तै तानसेनका गोविन्द भण्डारीको घरबाट भाँडा चोर्ने पाल्पा माथागढीका साजन नेपाली र सुमन नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment