Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच भेटवार्ता

७ साउन , काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएको भेटवार्तामा शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।

साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री देउवाले संघीय शिक्षा ऐन ल्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै