२५ मंसिर , काठमाडौ । वास्तविकता पोहोर सालको हो । एकजना बृद्व उमेरले ८० नाघेका थिए । उनको नाम चेतनाथ थियो । घर नुवाकोट भन्थे । १ छोरा, ४ छोरीहरु र कयौं नाती नातिनीहरु थिए उनका ।
करिव ३४ वर्ष अगाडि जीवन संगीनीसँगको बिछोड भयो उनको १ जीवनभरी संघर्षको कथा बटुल्ने हो भने महाभारत नै हुन्थ्यो होला । घरमा छोराछोरी तथा नातिनातीनीहरुबाट मायाँ तथा स्यहार सुसार नपाएरै होला, करिब ४ वर्ष अगाडि ८० वर्षका ती बृद्द बुवा नुवाकोटवाट काठमान्डु ढल्कुमा आए । त्यहीं कतै एक्लै महिनावारी ४००० को दरले कोठा भाडा दिने शर्तमा कोठाको जीन्दगी शुरु हुन्छ उनको ।
बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ ८० वर्षे त्यो बृद्द जीन्दगी देख्दा पनि अचम्म नमान्ने को होला र रु घरले जा जा , बनले आइज आइज भन्ने त्यो उमेरमा बाँकि जीवन आराम र सुख शान्तिले बिताउनु पर्नेमा काठमान्डौको यो महँगो सहरमा त्यो पापी पेट पाल्नकै लागि बिहान सवेरै खाना आफै पकाएर खाएपछि केही खित्री मित्री सामान बोरामा पोको पार्छन उनले । केही सामानहरु दोबाटोमा फिजाएर राख्छन र मनकारी ग्राहकहरुले किनिदिन्थे पनि ! त्यही मौकामा कोरोनाको बिगबिगी थियो ।
तर उनलाई कोरोनासँग कुनै डर थिएन ! डर छ त त्यही पापी पेट कसरी पाल्ने र महिनाको ४००० भाडा कसरी दिने भन्ने नै १ तैपनि जीवनका कयौं उकाली ओराली, दुख सुख पार गरी असीऔं बसन्त नाघिसकेका ती बृद्व बुवालाई कहिले काँहि प्रहरीले गाली गर्दथे १ सायद , त्यो कोरोना महामारीले गर्दा पनि होला प्रहरीले त्यो भन्नु अस्वभाविक पनि होइन एकातिर भने अर्कोतिर जसोतसो जीवन जिउनै पर्ने बाध्यता पनि त छ उनमा ।
सायद, उनको त्यो बिगत चार वर्षदेखिको मजवुरी र दिनचर्या यसरी नै चलिराखेको थियो । बाह्र छोरा तेह्र नाती, बुढाको थैलो काँधैमाथिू भनेजस्तो , साना भइन्जेल मुखको गाँस काटेर भएपनि नांगो आंङ र भोको पेटले कति संघर्षको भारी बोकेर हुर्कायो, बढायो, पढायो अनि, जव छोरा छोरीका पंखेटा लागे तव माकुराको कथाजस्तो भयो त्यो जीवन ! साच्चै, प्रकृतिले बरदान दिएकै हो , वीर पुर्खाले पौरख देखाएकै हुन , स्वर्गजस्तो यो देश गन्तब्यको खोजी गर्दै गर्दा कोहि कोहि सात पुस्तालाई पुग्ने कमाउँदा पनि रमाउन सकेका छैनन भने चेतनाथजस्ता ती बृद्व बुवाहरु दुई छाक जेनतेन टार्न पाउँदा पनि मनमा आनन्द लिएर जीवन बाँचेकै छन ।
संघर्ष गर्न छोडेका छैनन, ती छोरा छोरीहरुले साथ छोडे पनि । यदि यस्तो अनुकूल वातावरण नमिलेको छ भने सरकारले त्यस्ता नागरिकहरुको पहिचान गरी उचित तवरले गाँस, बास, कपास तथा स्वास्थ्यको जिम्मा अनिवार्य लिनुपर्ने नीति बनाउन जरुरी छ । राणाशासन र पंच्यातकालको समाप्तीपछि पनि कयौं ब्यबस्था परिवर्तन भए तर जनताको अवस्था परिवर्तन हुन मुश्किल पर्यो ।
कयौं नेता र उनका आफन्तको जीवन परिवर्तन भयो तर चेतनाथजस्ता बयोबृद्व ब्यक्तिहरुको जीवन भने संधै अभाव, रोग, शोक र भयले सताइराखेको छ ।
हालसालै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको नतिजा सकिएर दलहरु सरकार बनाउने कसरतमा छन । कुर्ची र सत्तामोहमा अल्झिएर नीति र सिद्वान्त बिर्सिएका दलहरु जुनसुकैको सरकार भए पनि सर्वप्रथम तस् जनताको लागि अपरिहार्य आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरु लंकामा सुन छ कान मेरो बुच्चै ू भनेजस्तो त होलानी ।
तथापी, यी कुराहरुमा राज्यले ध्यान दियो भने आजका दिनसम्म जे जति सडक बालिकाहरु र बृद्व बृद्वाहरुको जीवन विभिन्न तनावमा गुजृराखेको छ , सायद, भोलीका दिनहरुमा आजका पीडिले पनि त्यस्तो कल्पनासमेत गर्न सक्ने वातावरण नबनोस ।
खिमराज गिरी