लीला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त -
Comments Add Comment

लीला गिरी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

२७ पौष , काठमाडौँ । नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता लीला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

गिरी लुम्बिन्धीका चौथो मुख्यमन्त्री बनेका छन् । उनलाई ५८ प्रदेशसभा सदस्यको समर्थन छ । एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका चार÷चार, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका तीनरतीन र दुई स्वतन्त्रसहित ५८ सांसदले समर्थन गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds