Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरी महिला संघले निःशुल्क आयुर्बेद तथा वैकल्पिक स्वास्थ्य शिविर संचालन

काठमाडौं । ‘११३ औं अन्तराष्ट्रिय नारी दिवस २०७९’ को उपलक्ष्यमा सशस्त्र प्रहरी परिवार महिला संघले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नं. १९ बगलामुखी (विशेष कार्यदल) गण काठमाडौंमा निःशुल्क आयुर्बेद तथा वैकल्पिक स्वास्थ्य शिविर संचालन भएको छ ।

संघकी अध्यक्ष श्रीमती अनिता लामीछाने अर्यालको प्रमुख आतिथ्यतामा बिहिबार संचालन भएको स्वास्थ्य शिविरमा स्थानिय बासिन्दा, जेष्ठ नागरिक, सशस्त्र प्रहरी कर्मचारीहरु र सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रीत परिवारहरुले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण र उपचार गराएका थिए ।

शिविर स्त्री रोग, छाला रोग, वाथ रोग, पाइल्स, फिस्टुला आदि रोगहरुको अकुपञ्चर, अकुप्रेशर, कपिंग, स्नेहन र स्वेदन विधि प्रयोग गरी उपचार गर्नुको साथै निःशुल्क रुपमा औषधी समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा १ सय ८२ महिला र ३ सय १५ पुरुष गरी ४ सय ९७ जनाले उपचार सेवा लिएका थिए ।

सोही अवसरमा अजिज फाउण्डेशनकी अध्यक्ष सुश्री सर्की ल्हमु शेर्पाले महिला सशस्त्र प्रहरी कर्मचारीहरुको लागी अटोमेटिक सेनिटरी प्याड भेण्डिङ मेशिन समेत हस्तान्तरण गरेकी थिईन् ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, आयुर्बेद चिकित्सालयका निर्देशक डा. प्रदिप के.सी., चिकित्सकहरु लगायत स्वास्थ्यकर्मीहरुका साथै सशस्त्र प्रहरी बल, नेपाल नं. १९ बगलामुखी (विशेष कार्यदल) गणका गणपति तथा सिनियर अधिकृत, जुनियर अधिकृत, विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै