Comments Add Comment

Advertisment

SKIP THIS

झापाबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको सामान प्रहरीले बरामद

झापाको मेचीनगर नगरपालिका-६ काली खोला स्थिानबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध रुपमा भारतबाट नेपाल तर्फ आउदै गरेको WB73AN4266 नम्बरको भारतिय ट्रकलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा भन्सार छली, चोरी, निकासी गरी नेपाल भित्र्याउदै गरेको स्मार्ट मोबायल ३५ थान, टायल्स, औषधी र रेडिमेट कपडा गम्छा ३ हजार ७ सय ८० पिस गरी अन्दाजि १० लाख ९० हजार बराबरको सामान बरामद गरे सगै ट्रक चालक भारतिय नागरीक ३८ बर्षीय निरन्जन राय समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बरामद भएका सामान र पक्राउ परेका रायलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाईएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै