
मेरो लेखन यात्रामा उत्प्रेरणा दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद अर्पण गर्दै मेरो लेखन प्रयास=४९ कविता यहाँहरू समक्ष पस्केको छु :
आफ्नै शब्द
अलिकती दुस्ख कोरेथे गीत बनेछ
अलिकति सुस्ख कोरेथे मित बनेछ।।
आफै भित्र शब्द कहिले गीत बन्छ
आफै भित्र शब्द कहिले मित बन्छ
स्वर आफ्नै गाथामा छ आफ्नै शब्द
आफै भित्र कहिले गीत त कहिले मित।।
शब्दहरू मिलाउदै आफ्नै वेदना बनाउछु
केलाउदा केलाउदै कहिले बेअर्थ बन्छु
शब्दहरू सकि नसकि खुशी बनाउछु
अनगिन्ती अस्वभावहरू देखापर्छन्
बेगले आफैलाइ बगाउछ कि झैं लाग्छ
शब्दहरूको जगेर्ना झंझटिलो भएको छ
आफ्नै शब्दहरू कहिले गीत कहिले मित।।
शब्दहरू मिलाउदै मिलन बनाउन खोज्छु
केहि यता भाग्छन् केही आफैसँग भाग्छन्
शब्दको बेगमा स्वार्थ बाजिएर पो हो कि
शब्दको बेगमा बेअर्थ बाजिएर पो हो कि
शब्दहरूको मिलन गाथा बानाउदै गर्दा पाइलाहरूमा खिया लागेको पत्तै भएन
आफनै शब्दहरू कहिले गीत कहिले मित।।
शब्दहरू जोख्छु अनि जीवनमा मिलाउछु
यथार्थपरक अर्थ बनोस भनेर म केलाउछु
तथापि बेअर्थका शब्दहरू ममै मडारिन्छन्
आफैलाइ आफै गन्हाउने गरि ढुसुमुसु गर्छन्
कता आफै आफ्नै स्वार्थ अलाप बिलाप गर्दै
शब्दहरू कहिले गीत बन्छन् त कहिले मित।।
आफ्नै शब्द आफ्नै मनसंग बिभेदमा छन्
आफ्नै शब्द आफ्नै इच्छासंग बिभेदमा छन्
आफ्नै शब्द मिलाएर आफ्नै गित बनाउनु छ
आफ्नै शब्द मिलाएर आफ्नै मित बनाउनु छ
कहिले आकार मिल्दैन कहिले स्वार्थ मिल्दैन
नमिलेका शब्दहरूमा अर्थ मिलाउनु छ
नमिलेका शब्दहरूमा स्वार्थ मिलाउँदै
आफ्नै शब्दलाई सुमधुर आवाज बनाउनु छ।।








