डलर साटिदिने प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौँको नागार्जुन नगरपालिका ७, रत्नराज्य स्कुल नजिकैको जङ्गलमा डलर साटिदिने भन्दै पटक–पटक फोन गरेर बोलाइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूको टोलीले अपरेशन चलाएको थियो।
िपसलेहरूलाई फोन गरी डलरको प्रलोभन देखाउने र डलरकै आकारमा काटिएका कागजका बिटाहरू भिराएर ठगी गर्ने कार्यमा संलग्न ५१ वर्षीय देव बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ६ घर भएका तामाङलाई प्रहरीले चन्द्रागिरी नगरपालिका १३, पुरानो नैकापस्थित उनकै डेरा कोठाबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको कोठामा खानतलासी गर्दा ५० दरका ५ थान अमेरिकी डलर, १ दरका ७०७ थान अमेरिकी डलर र डलरकै साइजमा काटिएका कागजका ६ वटा बिटाहरू बरामद गरेको छ। पक्राउ परेका तामाङमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धान अगाडि बढाएको छ।




