Comments Add Comment

Advertisment

SKIP THIS

सिमामा चेकजाँचको नाउँमा नागरिकलाई अनावश्यक दुःख नदिन डिआईजी उपाध्यायको निर्देशन

२४ मंसिर , काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले भारतसंग जोडिएको सीमा नाकाको आवागमनलाई सहज बनाउन लुम्बिनी प्रदेशका जिल्ला मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । 

कोरोना सङ्क्रमणका कारण
२ वर्ष अघिदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन डिआईजीले निर्देशन दिएका हुन् ।

पत्रकारहरुसंगको कुराकानीमा बोल्दै डिआइजी उपाध्यायले चेकजाँचका नाउँमा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिए ।

भारतबाट नेपाल आउने नागरिकहरुको ध्यान दिँदै शान्ति सुरक्षाको प्रत्या भूतिसहित सहज आवागमनको व्यवस्था मिलाउन डिआईजी उपाध्यायले निर्देशन दिए ।

नागरिकहरुले प्रहरीसँग धेरै अपेक्षा राखेको बताउँदै डिआइजीले प्रहरीको व्यवहारमा अझ सुधारको खाँचो रहेको औँलाए । कानुन बमोजिमका व्यवसायको सञ्चालनमा सहज बनाउँदै नाकाबाट हुने अवैध तस्करी कार्यलाई निरूत्साहित गर्न प्रहरीले कुनै कसर बाँकी नराख्न पनि सीमा नाकाका प्रहरी इन्चार्ज हरुलाई निर्देशन दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै