Comments Add Comment

Advertisment

SKIP THIS

आइएमई रेमिटान्सको कोठाको भित्ता फोडेर चोरी गर्ने जिवन र अजयलाई प्रहरीले पक्राउ

धनुषा । धनुषामा आइएमईभित्र चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।

जिल्लाको हंसपुर नगरपालिका ९ रुदौली बस्ने २० वर्षीय जिवन ठाकुर र सोही पालिका ५ सुगानिकास बस्ने २१ वर्षीय अजय महरा आइएमईभित्र चोरी गर्ने चोरीका सामान सहित पक्राउ परेका हुन् ।

 

उनीहरूले गत सोमबार राति १० बजे हंसपुर नगरपालिका ९ बालगंगा चौकमा सोही ठाउँ बस्ने ४३ वर्षीय राजेश्वर मण्डलले सञ्चालन गरेको आइएमई एक्सप्रेस रेमिटान्सको कोठाको भित्ता फोडेर पसल भित्र रहेको ल्याप्टप १ थान, किबोर्ड १ थान र सानो प्रिन्टर फोटो मेसिन १ थान चोरी गरेका थिए ।

इलाका प्रहरी कार्यालय औरहीबाट खटेको प्रहरी टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजतलाश गर्दै जाँदा मंगलबार बिहान १० बजेको समयमा दुबैजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि चोरी मुद्दा शीर्षकमा म्याद लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै