
कहिले विहानीसगै रमाई दिन्छु
दिउसोको धुपको पर्वाह गर्दिन
सूर्य त हो समयको हिसाव गर्दिन
बिचरो म परिस्थितिमा रमाई दिन्छु।।
कहिले भजनमा यसै नाँचिदिन्छु
कहिले गीतहरूमा यसै भूलिदिन्छु
सुख जस्तो देखिन्छ मस्त भईदिन्छु
बिचरो म परिस्थितिमा रमाई दिन्छु।।
कहिले सानो उपस्थितिमा भूलिदिन्छु
कहिले सानो कुराहरूमा खुशी हुन्छु
खुशी जस्तो देखिन्छु मग्न भईदिन्छु
बिचरो म परिस्थितिमा रमाई दिन्छु।।
कहिले सानो परिस्थितिमा रमाई दिन्छु
कहिले महत्वको अबस्थामा दुखी दिन्छु
सुख दुखको समिपता भित्र मात्रामा छु
बिचरो म सुख दुखमा हराई रहन्छु।।
कहिले कसैसँग बिनाकारण दुखी दिन्छु
कहिले कसैसँग बिनाकारण खुशी हुन्छु
सुख दुखको कुनै आकार प्रकार छैन
बिचरो म अबस्थामा आफैसँग गुम्सीरहन्छु।।
कहिले कसैसँग बिना साध्य बोलीरहन्छु
कहिले कसैसँग सबुत समेतमा चुप रहन्छु
आबाज समेतको बेनकाब भित्र छु म
बिचरो म घरिघरि आफ्नै नाम भूलिरहन्छु।।
-दिनेश घिमिरे
विरूवा भक्तपुर।।