१० असोज , काठमाडौ । प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
कार्यालयले बिहिबार सूचना प्रकाशित गर्दै आफूखुसी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।
प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी समेत दिएको छ।