आफ्नै विकासमा आफै अनेक प्रयत्न गर्छु
केही खुशीहरू सापटीलिन्छु समाजमा दिन्छु
धेरै दुःखहरूलाई आफैसँग सगाँली रहन्छु
पुस्ताले मलाई दिएको ईज्जतको पोकोलाई
सकि नसकि समाजभित्र घिसारी रहन्छु।।
राम्रो नराम्रोको भेद मलाई राम्रोसँग थाहा छ
अलिकति राम्रो नाटक गर्छु समाजमा दिन्छु
नराम्रा नाटकहरूआफैसँग सगाँली रहन्छु
पुस्ताले मलाई दिएको ईज्जतको पोकोलाई
सकि नसकि बिभिन्नतामा घिसारी रहन्छु।।
स्वप्निलआकांक्षाहरूलाई ईज्जतको पोकोमा
कैयन् पटक जोख्छु अनि डर सृजना गर्छु
डरै डरमा आफुलाई समाजमा पस्किई रहन्छु
समाज मलाई ईज्जतको पोकोमा बेचिँरहन्छ
सकिनसकि समाजमा मेरो बिक्री गरिरहन्छु।
ईज्जतको पोकोमा इच्छाको लिलाम गर्छु
लिलामी इक्छाभित्रअनेकौंआशाहरूमा म
समाजमा इज्जतको पोको बनाई रहन्छु
समाज मेरो पुस्त्यौनी ईज्जतको पोकोमा
मलाई हरपल नाटकहरूमा पस्किईरहन्छ।
ईज्जतको पोकोलाई समाजको बिभिन्नतामा
अनेकौं अडकलहरू सृजीत गराईरहन्छन्
समाजकोआबश्यकतामा कहिले राम्रो हुन्छु
समाजकोआवश्यकतामाकहिले नराम्रो हुन्छु
समाज मलाई आबश्यकतामा हिडाईरहन्छ।
पुस्ताबाट सरेको ईज्जतको पोकोलाई
निरन्तर जीवनको हररूपमा आफैलाई
लिलामी बजारबाट दिनानुदिन उठाँईरहन्छु
फेरिपनि समाज मेरो मुल्य लगाईरहन्छ
मलाई लिलामीको बजारमा पस्किँरहन्छ।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।






