Comments Add Comment

Advertisment

SKIP THIS

पशुपतिमा साउन १ देखि सुरु हुँदै विराट मनकामना पूर्ति महायज्ञ

मानवसेवा फाउण्डेसनको आयोजनामा साउन १ गतेबाट पशुपतिमा हुने “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२”को प्रारम्भिक तयारी पुरा भएको छ ।

कामपा १४ कलंकी मा केन्द्रिय कार्यालय रहेको मानवसेवा फाउण्डेसनले यहि २०८२ साउन १ गते देखि भदौ २१ गते सम्म पशुपति क्षेत्रमा “श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ — २०८२” गर्न लागिरहेको छ ।

यो फाउण्डेसनले अहिले पनि गोदावरी नगरपालिका वडा नं. १४ मा मामा घर अनाथालय आश्रम र चागु नारायण नगरपालिका ०९ मा छोरीको घर जेष्ठ नागरिक आश्रम सन्चालन गरिरहेको जनाएको छ ।

फाउन्डेसनले देशै भरि यस्ता बिभिन्न धार्मिक कार्यक्रमहरु गर्ने क्रममा यो साउनमा पशुपति क्षेत्रमा महायज्ञ गर्न लागेको हो ।
फाउण्डेसनले यो महायज्ञबाट उठेको दानले अक्षयकोष स्थापना गर्ने र आफ्नै निजि स्वामित्वमा रहेको जग्गाामा बाल आश्रम र बृदाआश्रम निर्माण गर्ने जनाएको छ ।

दर्जनौ धर्म गुरुहरुको प्रवचन र सांस्कृतिक नाटक प्रदर्शन गरेर आम हिन्दु धर्मावलम्बि हरुलाई एक सुत्रमा बाध्न यो यो महायज्ञले महत्वपुर्ण भुमिका खेल्ने आयोजक संस्थाले जनाएको छ ।

आयोजक संस्थाले कार्यक्रम अवधिभर हुने कार्यक्रमको तालिका समेत सार्वजानिक गर्दै आम भक्त जनलाई महायज्ञमा उपस्थित भएर पुण्य लाभ लिनुहुन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै