बढी बिल्डर कविराज कटुवाल अनुचित लेनदेन मुद्दामा पक्राउ
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौँ जिल्ला सुकेधारा बस्ने अन्दाजी वर्ष ३४ का कविराज कटुवाललाई प्रहरीले हेटौडाबाट पक्राउ गरेको छ।
अनुचित लेनदेन सम्बन्धी कसुर मुद्दामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौडाको एरियाबाट पक्राउ गरेको हो ।