कहिलेकाहीँ आँखाभरी बसेर खुसी आँउछ
दिनरात लगाएर आफै भित्र राख्न खोज्छु
कहिले कुन नाममा कहिले कुन नाममा
खुशीहरू आफैबाट सुटुक्क भागीदिन्छन
फगतताको झुन्डमा म आफैलाई खोजीरहन्छु।।
कहिलेकाहीं छातीभरी दुखेर खुशी आँउछ
दिनरात लगाएर आफै भित्र राख्न खोज्छु
आफैलाई छातीमा लुकाएर राख्न खोज्छु
खुशीहरू आफ्नैले सुटुक्क चोरीदिन्छन
सम्बन्धको झुन्डमा म आफैलाई खोजीरहन्छु।।
कहिलेकाहीं मनभरी दुखेर खुशी आँउछ
दिनरात लगाएर आफै भित्र राख्न खोज्छु
आफ्नै मनभित्र धेरै कुराहरू लुकाएर राख्छु
मनलाई अनेकन आयामहरू बिगारिदिन्छन्
बिकृतताको झुन्डमा म आफैलाई खोजीरहन्छु।।
म को हुँ प्रश्नले आफैसँग उत्तर खोजिरहन्छ
कहिले सुखमा म हो की कहिले दुखमा म हो
कहिलेअबस्थाआफ्नो होकीआफ्नो अबस्था
आफ्नै सपना आफ्ना हुनकी अरूका धरौटी
जीवन जन्जालको झुन्डमा म आफैलाई खोजीरहन्छु।।
-दिनेश घिमिरे
विरूवा, भक्तपुर।।