तारकेश्वर नगरपालिका वडा नम्बर ३, तीनपिप्ले नजिकैको आठमाइल क्षेत्रमा आज बिहान भीषण सडक दुर्घटना भएको छ।
बा ५ ख २७८१ नम्बरको आइचर निशान गाडी बाइपासतर्फबाट तीनपिप्ले जाँदै गरेको अवस्था र तीनपिप्लेबाट बाइपासतर्फ आउँदै गरेको ००४ क १४९१ नम्बरको अर्को निशान गाडी एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटना हुँदा दुईजना चालक घाइते जानकारी आएको छ ।
दुर्घटनापछि दुवै गाडीका चालक च्यापिने अवस्थामा परेका थिए। स्थानीय बासिन्दाले तत्काल उद्धार प्रयास गर्दै एक गाडीको चालकलाई सफलतापूर्वक बाहिर निकालेका छन् भने अर्का चालकलाई अझै च्यापिएको अवस्थामा निकाल्ने प्रयास भइरहेको छ।
उद्धार कार्यमा स्थानीय सक्रिय देखिए पनि नेपाल प्रहरी भने घटनास्थलमा अहिलेसम्म उपस्थित नभएको जनाइएको छ।
स्थानीयले तत्काल उद्धार र ट्राफिक व्यवस्थापनका लागि प्रहरी प्रशासनलाई चाँडो घटनास्थलमा आइपुग्न आग्रह गरेका छन्।