काठमाडौँ, वडा नं १६ – जेन–जी आन्दोलनपछि पूर्णरूपमा ध्वस्त बनेको काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित च:मती प्रहरी चौकी आजदेखि पुनः सञ्चालनमा आएको छ ।
वडा अध्यक्ष रोजिना श्रेष्ठले औपचारिक रूपमा चौकीलाई चाबी हस्तान्तरण गर्दै प्रहरी सेवाको नयाँ सुरुवात गराइन्।
स्थानीय बासिन्दा तथा समाजसेवीहरूको संयुक्त पहलमा चौकीलाई आवश्यक पर्ने सोफा, खाट, सिरक, डस्ना लगायत सम्पूर्ण सामग्री उपलब्ध गराइएका छन्।
यस अवसरमा बालाजु वृत्तका डीएसपीले “प्रहरी सेवाहरू पहिलेझैं निरन्तर र प्रभावकारी रूपमा उपलब्ध गराइनेछ” भन्ने प्रतिबद्धता जनाए।
समाजसेवी देवेन्द्र कुमार श्रेष्ठ, जसले दोलखामा जन्म लिएर अहिले वडा नम्बर १६ मा स्थायी बसोबास गर्दै आएका छन्, चौकी र वृत्तलाई थप सशक्त बनाउन उल्लेखनीय योगदान दिएका छन्। उनले आफ्नो निजी गाडी समेत अस्थायी रूपमा बालाजु प्रहरी वृत्तलाई प्रयोगका लागि उपलब्ध गराएका छन्।
यसअघि पनि उनले सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका थिए, जसले उनलाई वडा र महानगरकै जुझारु अभियान्ताको रूपमा परिचित बनाएको छ।
स्थानीयको एकताबद्ध प्रयास, समाजसेवीको सहयोग र जनप्रतिनिधिको नेतृत्वले च:मती प्रहरी चौकीलाई पुनः जीवन दिनुका साथै कानून–व्यवस्था कायम राख्ने दिशामा ठूलो हौसला मिलेको छ।

o