Comments Add Comment

Advertisment

SKIP THIS

गाडी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु

२० कात्तिक, काठमाडौं । धनुषामा गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा एक नवजात शिशुको मृत्यु भएको छ । अन्य ६ जना गम्भीर घाइते भएका छन् ।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक आइतबार दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा ११ दिने शिशुको मृत्यु भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार ६ जना गम्भीर घाइते भएका छन् ।

उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन। गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको डिएसपी क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै