१६ फागुन , काठमाडौं । स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका-२ घर भई झण्डै पाँच वर्षदेखि जिल्ला प्रशासन कार्यालयमा लेखापाल रहेका रमेश विकले आधादर्जन जति डिएसपीहरुको संगत गरे । संगत गरेका मध्ये गंगाबहादुर थापा (हाल जिल्ला प्रहरी कार्यालय इलाम) जत्तिको कर्तव्यप्रति जिम्मेवार, कार्यसम्पादनमा द्रुत डिएसपी देखेका थिएनन् । लमजुङमा सफल डिएसपीको नाम लिनुपर्दा थापाको नाम छुट्दैन ।
त्यस्तै महसुस थियो श्री श्रीजंग गणका गणपति जयराम थापाको पनि । जिम्मेबारीमा रहेका जो कोहीको पनि मूल्यांकन उसले गर्ने कर्मको आधारमै हुनेगर्छ । थापाको रिप्लेसमा आएका कृष्णबहादुर कार्की नेपालकै नमूना डिएसपी होलान् सायद । काम गर्ने इच्छा र जाँगर भयो भने के गर्न सकिँदो रैनछ त भन्ने दर्विलो दृष्टान्त हुन उनी । पाए जतिभएनि आफैलाई नपुग्ने लोभको जमानामा दान धर्मको मर्म किन कसले बुझ्ने ? तर संगतले मान्छेलाई परिवर्तन गराउन उत्प्रेरित अवस्य गराउँदो रहेछ, जिल्ला प्रहरी कार्यालय लमजुङ्ग कै हवल्दार शिव थापा भन्छन् । दानीलाई हानी नहुने भन्दै असाहयलाई सेवा गर्न पछि हट्दैनन् उनी । जिल्ला प्रहरी कार्यालय भित्रका धेरै प्रहरी जवान हुन वा अफिसर कमाएको कम्तीमा पनि दस प्रतिशत सेवा कर्ममा खर्च गर्न हिच्किचाउँदैनन् ।
बाटो लाग्दा बुढाबुढी हुन वा अशक्त असहाय भेटे जतिलाई खल्ती रित्याएर बाड्छन् कार्की । उनको जीवन चर्या यति सरल छ कि युनिफर्ममा बाहेक देख्ने हरुले डिएसपी भनेर पत्याउँदैनन् पनि । सय, डेड सयको चप्पल साधारण पहिरन तर विचार उच्च । आज सम्म कसको ध्यान गएको थियो र जवान मेसमा के पाक्छ कस्तो भाँडामा पाक्छ कति स्वास्थ्यकर छ भनेर । तर कार्कीले जवान मेसको टोटल्ली चेन्ज गरे दुईलाख भन्दा बढी खर्चेर खाना तातो बनाइराख्ने भाँडो खरिद गरे । जुन रकम फरार अभियुक्त समाए वापत राज्यले नै डिएसपीलाई प्रोत्साहन स्वरुप प्रदान गरेको रकम । डिएसपीले ऐन बमोजिम प्राप्त गरेको पैसा पनि सार्वजनिक हितमा खर्च गरे । यस्तो खर्च त उनले कति गरे गरे । अपराध गरेर गएको एउटा अपराधी पनि जिल्ला प्रहरी कार्यालयमा एउटा पाहुना जस्तो बन्छ ।






