Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा ७५.१८ अंकले गिरावट

२८ माघ , काठमाडौं । पछिल्लो एक साता शेयर बजार मापक नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १०६.८२ अंकले बढेर २ हजार ८७६.७४ विन्दुमा पुगेको थियो ।

यो साता पाँच दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने वृद्धि भएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७५.१८ अंकले गिरावट आएर २ हजार ८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो साता १०६.८२ अंकले बढेको नेप्से परिसूचक यो साता भने ७५.१८ अंकले गिरावट आएको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नै नेप्से परिसूचकमा गिरावट आएको थियो । आइतबार नेप्से ४०.५७ अंक घटेर २ हजार ८३६.१७ विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.७३ अंक घटेर ५३१.९२ विन्दुमा झरेको थियो भने फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ इण्डेक्स २.४८ अंक घटेको थियो ।

आइतबार ४० अंक बढीले गिरावट आएको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेर २ हजार ८५१.८६ विन्दुमा पुगेको थियो । सोमबार कारोबारमा आएका २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

सोमबार कारोबारको दिन १५.६९ अंक बढेर बन्द भएको नेप्से मंगलबार भने १६.३० अंक घटेर २ हजार ८३५.५८ विन्दुमा झरेको थियो । मंगलबार नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने बढेको थियो ।

मंगलबार १६.३० अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार २२.११ अंक घटेर २ हजार ८१३.४७ विन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २२३ कम्पनीको ६५ लाख २० हजार कित्ता शेयर ३ अर्ब ४७ करोड ११ लाख ९ हजार रुपैयाँको खरिदबिक्री भएको थियो ।

साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै