Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर प्रहरीको सफलता,अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

ललितपुर प्रहरी परिसरले टोलीले बालकुमारीबाट पेस्तोलसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका सुरेन्द्र थिङ र सोही स्थानका विरबहादुर बम्बजन छन् ।

उनीहरूको साथ एक थान अटोमेटिक पेस्तोल त्यसको गोली चार थान र २ थान म्याग्जिन बरामद भएको छ ।

प्रहरी परिसर लालितपुरको बिशेष टोलीले उनीहरूलाई पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

प्रहरीको प्रारिम्भक अनुसन्धानका आधारमा उनीहरु हतियार तस्कर रहेको खुलेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।       

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै