गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु -
Comments Add Comment

गाडीको ठक्करबाट वरिष्ठ हवल्दारको मृत्यु

२० बैशाख , काठमाडौं । धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ ।

ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहका अनुसार सोमबार राती पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । ओखलढुंगाको चिंशखुगढी गाउँपालिका वडा नम्बर ५ घर भएका ३७ वर्षीय पराजुली तीन महिना अघि ईलाका प्रहरी कार्यालय ढल्केबरमा सरुवा भएर आएका थिए । पराजुलीको शव पोस्मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै