२१ असार , काठमाडौँ । नायक अनमोल केसी फिल्म ‘जेरी २’मा अनुबन्धित भएका छन् ।
हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा नायक अनमोल जोडिएका हुन् । आइतबार काठमाडौँको मेरियट होटलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको छ ।
फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् । फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ । नायिका चाहिं निश्चित नभइसकेको निर्माता न्यौपानेले बताए । फिल्मलाई २०८० सालको दशैंमा रिलिज गर्ने योजना छ ।



