Comments Add Comment

Advertisment

SKIP THIS

‘पठान’मार्फत सपना पूरा गर्दै शाहरुख

५ माघ , काठमाडौं । अभिनेता शाहरुख खानलाई भलै बलिउडमा ‘रोमान्सको बादशाह’ भनिन्छ, तर यी अभिनेताको बलिउड यात्राको चाहना भने अलग थियो ।

३२ वर्षअघि पहिलोपटक हिन्दी फिल्ममा पाइला चाल्दा उनी एक्सन हिरो बन्न चाहन्थे । यहीकारण उनले रिलिजको तयारीमा रहेको फिल्म ‘पठान’मा जासुसको भूमिका निभाएका छन् । र, यो उनका लागि एउटा सपना पूरा हुन लागेजस्तै हो ।

‘३२ वर्षअघि म फिल्म उद्योगमा एक एक्सन हिरो बन्नका लागि आएको थिएँ । तर म यसमा चुकें । किनकि बलिउडले मलाई रोमान्टिक हिरो बनाइदियो । म केवल एक्सन हिरो बन्न चाहन्थें’, शाहरुख भन्छन्, ‘मेरो अर्थ हो कि ‘दिलवाले दुल्हनिया ले जाएँगे’ मनपर्छ र म राहुल र राज र यी सबै केटा (फिल्मका चरित्र) सँग प्रेम गर्छु । तर मलाई जहिल्यै लाग्थ्यो कि म एक एक्सन हिरो हुँ, त्यसकारण मेरा लागि यो सपना साँचो हुनुजस्तै हो ।’

सन् २०२२ मा बलिउडको निराशाजनक प्रदर्शनपछि सन् २०२३ मा सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ बलिउडको रिलिज हुन लागेको पहिलो फिल्म हो । यसअघि शाहरुखले फिल्म ‘जीरो’मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए । ‘पठान’मा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडिया र आशुतोष राणाको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै