Comments Add Comment

Advertisment

SKIP THIS

“निलो वर्दीमा राष्ट्रसेवक” कबिता

लेखक प्रहरी निरिक्षक रामकुष्ण देवकोटा हुन ।

एउटा राष्ट्रसेवक निलो वर्दीमा
घाम,पानी,भोक,प्यास नभनी उभिन्छ ।। 

जनताकाे सेवा गर्ने कसम खाएकाे उसले
मान्छेकाे भिंड नभनी उत्रिन्छ
प्रहरी जवान शान्ति,सुरक्षा प्रतिवद्वता संगै
निर्देशित भई खटीइरहन्छ हर बखत
राष्ट्र सेवक, निलाे वर्दीमा ।। 

घर परिवार विर्सेर कार्य क्षेत्रमा
खटिदै हिंडछ राष्ट्रसेवक जवान
उभिन्छ अडीग भई मैदानमा
ओठमुख सुकेकाे प्रवाह नगरि ।। 

धेरै अप्ठ्याराहरुमा खटीन्छ ऊ,
बाबा आमाकाे हातले निधार नछोएको कति भयाे
अर्धाङ्गीनीकाे यादहरुले मुटु दुखेको कति भयो
साना नानीहरुकाे मुस्कान देख्न नपाएकाे कति भयाे ।। 

साथि संगीका मिठा यादहरुले सताइरहेको छ
गाऊं,खाेला,बुट्यान,बाटा,गाेठ र चाैताराहरु
न्यास्राे मानेर बाेलाइरहेका छन्,
र पनि जनताकाे जिउधनकाे सुरक्षा गर्न । । 

निर्भिक भई भुलभुलैयाबाट धेरै पर निस्केर
खटिरहन्छ एउटा राष्ट्रसेवक डिउटीमा
निरन्तर खटिरहन्छ राष्टसेवक ।। 

अफशाेच,त्यही राष्ट्रसेवक माथि ढुङ्गा बर्साउंछ काेहि
ठूलाे भिंड बनेर जाई लाग्छन् उसैमाथि काेहि
फाल्छन् राँके जुलुसका राँकाहरु उसैमाथि
टुक्राउंन खाेज्छ उसका बलवान छातीहरु ।। 

लड्छ तैपनी राष्ट्रसेवक जनधनकाे सुरक्षा गर्दै
बढ्छ राष्ट्रसेवामा हरवखत विचलीत नभई,
अपेक्षा फलकाे छैन निलाे पाेसाक धारी कत्ति पनि
राष्ट्रसेवा पहिलो कर्तव्य झुक्दैन ऊ कत्ति पनि ।। 

ऊ विना एक्लाे छ सडक , एक्लाे छ नागरिक
र सुरक्षित छैनन् मानव वस्तिहरु
सहयात्रीहरु अझै कर्तव्यमा लागिरहेछन्
ऊ भने अस्पतालकाे शैय्यामा स्लाइन लिदैंछ ।। 

र भन्दैछ सत्य,सेवा, सुरक्षणम्
अनि थप्दैछ ऊ : म मरेपनि मेराे देश बांचीरहाेस् ।। 

समाप्त!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment