Comments Add Comment

Advertisment

SKIP THIS

खाल्टोमा डुबेर दुई जनाको मृत्यु

१५ कार्तिक , काठमाडौं । ललितपुरमा खाल्टोमा डुबेर एक जना युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–२२ स्थित नख्खु खोलामा नुहाउने क्रममा खनेको खाल्टोमा डुबेर खोटाङ घर भई हाल ललितपुर महानगरपालिका-२७ सुनाकोठ्ठी बस्ने २१ वर्षीय देउचन्द्र राईको सोमबार दिउँसो मृत्यु भएको हो ।

उता रौतहटको गरुडा नगरपालिका–९ विर्ता गम्हरियामा पनि सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने कनही सहनीको छोरा ७ वर्षीय विक्रम सहनीको सोमबार साँझ मृत्यु भएको छ । दुवै घटनाबारे सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै