९ असोज , काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।
निर्वाचन आयोगले आइतबार दलहरूसँग चुनावको आचारसंहिता लागू गर्ने विषयमा छलफल गर्ने भएपछि अध्यक्ष नेपाल आयोग पुगेका हुन् ।
आयोगले छलफलका लागि प्रमुख १२ दललाई मात्र निर्वाचन आयोगमा बोलाएको छ । आयोगले बनाएको आचारसंहिता राजपत्रमा प्रकाशित भइसके पनि लागू भने भइसकेको छैन ।







