४ भदौ ,काठमाडौ । जिल्लाको पाँचखाल नगरपालिका–१२ स्थित नागबेलीमा श्रीमानले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
भदौ २ गते शनिबार राति ११ः४५ बजेको समयमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका-१० घर भइ पाँचखाल–१२, नागबेली बस्दै आएका ३६ वर्षीय हरी माझीले उनकी २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरेको खबर स्थानीयले प्रहरीले जानकारी गराएको प्रहरीले जानकारी दिए ।
प्रहरीका उनका अनुसार, खबर प्राप्त भएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगी चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी कुमारीलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा आइतबार बिहान अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यामा संलग्न हरि माझीलाई बालुवा प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिइ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले बताए ।
घटनाबारे थप विवरण अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।






