यसरी बन्छ एआईबाट ‘भाइरल’ फोटो
१९ मंसिर , काठमाडौ । केहीदिन यता फेसबुकमा मम र चियाका तस्बिर चर्चामा छन् । यी तस्बिरले धेरै प्रयोगकर्ताको मन पनि जितेका छन् । तस्बिरहरू अब म:म र चियामा मात्र सिमित छैनन्, ‘भेराइटी’ थपिँदै गएका छन् ।
केही पहिला आधा आँखा बन्द गरेर विभिन्न मानिस र वस्तुको आकृति देखिने तस्बिरहरू यसरी नै सामाजिक सञ्जालमा छरपस्ट देखिन्थे ।
यिनै तस्बिर सेयर गरेर केहीले आफ्ना पुराना किस्सालाई क्याप्सनमा स्थान दिएका छन् । नेपाली परिवेशलाई झल्काउने यी तस्बिर साँच्चिकै मनमोहक जस्ता लाग्छन्, जुन ती तस्बिरको कमेन्टले स्पष्ट पार्छन् ।
म:मको ठूलो डल्ला समातेर भागेको बच्चालाई आमाले …
के गर्ने होला मैले तिम्रो रिसाएर
के गर्ने होला मैले तिम्रो रिसाएर जाने बानी
मलाई कति रुवाउँछौ मेरी दिलकी रानी
कति चोटि बोलाए मैले नबोलेर गयौ
मनको मायाले बोलायो तिमि कहाँ पुग्यौ
यी आँखामा मैले तिम्रै रूप देख्छु
मेरा आँखाको नानीमा तिमिलाई पाउँछु
कति वर्ष हो मैले बाटो हेरी बस्नुपर्ने
छिट्टै आउँ है यो जिन्दगी सँगै हो बिताउनुपर्ने
यहाँ सम्म पुगेर साह्रै जिद्दी नगर
हाँसी खेली बसौला रमाइलो गर
के गर्ने होला मैले तिम्रो रिसाएर जाने बानी
मलाई कति रुवाउँछौ मेरी दिलकी रानी
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
डिएसपी दिनेश घिमिरेको कविता ”सम्झना” सार्बजनिक
यति धेरै माँया दियौ
संझनालाई गाह्रो भयो ।
बिर्सिने पो कसरी हो
यादहरू साह्रै भयो
रोकौ कसरी मनलाई
संझनालाई गाह्रो भयो ।।
आँशुहरूमा तिमी बस्यौं
रोक्नलाई गार्हो भयो
संझनाले दुख्छ मुटु
कुडिन्छ आफ्नै मन ।।
आफैं भित्र रोइ दिन्छु
बेदना भित्र गार्हो भयो ।
पलहरूमा तिमिनै छौ
स्वासभित्र छ आभाष
हरपलमा तिमि भेटछु
बिर्सनलाई गाह्रो भयो ।
कस्तो मिठो संझना दियौ
आखाभरी सधैं आइरहने
कस्तो प्रगाड स्नेह बनायौं ।।
डिएसपी दिनेश घिमिरेको कविता ”सम्झना”
लुमडी आचार्यको विचरण र अनुभूति कृति सार्वजनिक
१२ चैत , काठमाडौ । साहित्यकार लुमडी आचार्यद्वारा लिखित विचरण र अनुभूति नामक कृतिको तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आज सार्वजनिक गर्नु भएको छ ।
परिष्दका सदस्य स्रष्टा सूर्यबहादुर श्रेष्ठले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा मुक्तक मञ्च काठमाडौंका अध्यक्ष राजेन्द्र घिमिरे सागर, दियो फाउण्डेसनका अध्यक्ष दिपक भेटुवाल, धरहरा अधियन्ता साहित्यकार धु्रव गजुरेल, साहित्यकार माधव घिमिरे अटल, त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष एवम् नियात्राकार राजेन्द्रमान डङ्गोलले आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा लोकार्पित पुस्तकमाथि डा।श्रीराम खनालले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।
उक्त अवसरमा लुमडी आचार्यको समीक्षा सहज बोधगम्य भएको र आफ्ना रचनामा देखेको …
तिम्रो मुहार खुसी भएको रहेछ
तिम्रो मुहार खुसी भएको रहेछ मलाई थाहा भयो
अव हाम्रो मिलनको समय पनि नजिक आयो ।।
तिमिलाई सम्झेर बसेको थिए म पनि
तिमिलाई विश्वास गरेको छु मैले पनि ।
मन देखि माया गरेको छु दिलको मान्छे ठानी
माया हाम्रो पवित्र छ यो कुरा जानी ।।।
कल्पना गर्छु मैले तिम्रो बारेमा सोच्ने गर्छु
किन आशु झर्यो आँखाबाट रोक्न खोजेको छु ।।
तिमिसँग बसेर भए पनि चित बुझाउँनेछु
मनबाट खुसी भएका कुराहरू तिमिलाई सुनाउँछु ।।।
हार मात्र होइन जीवन जितेर देखाउनु छ
जीवनका कथाहरू लेखेर राख्नु छ ।
यो जिन्दगीका लक्ष्यहरू पुरा गर्नु पर्नेछ
यी मेरा नयनहरूमा तिमिलाई राख्नु छ ।।।
-गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी …
लुकी लुकी हेरेको छु मैले
लुकी लुकी हेरेको छु मैले तिमिलाई
रिसाएकी थियौ आएको छु फकाउनलाई ।।
तिम्रै नाम लेखेर बसेको थिए चउरमा
त्यही बसेर आउँथ्यो जिस्क्याउनुको मज्जा ।।
आएर तिम्रो सिउँदोमा सिन्दूरले भर्नेछु
बिहे गरी तिमिलाई आफ्नो बनाउने छु ।।।
साँचो माया गर्छु मैले कसम खाएर भन्छु
आनन्द लिनुपर्छ हामीले मनकामना घुमाउन लैजान्छु ।।
गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी
झलनाथ प्रतिष्ठान बन्यो : भैंसी चरनू
८ माघ , काठमाडौ । झलनाथ खनाल प्रतिष्ठानको नाम फेरियो , काम भएन , सर्प पाल्ने नाममा जगै नखनी १९ करोड खर्चू शीर्षक लेख पढी केही लेख्न मन लाग्यो ।
मधेसमा धेरै मानिसहरु सर्पको टोकाइबाट आतंकित भइरहने अवस्थाले यसको न्युनीकरणको उपाए भनेको भ्याक्सिनको उत्पादन नै भएको र चुनावताका भोटबैंकको रुपमा मधेसी जनताको साख, साथ, सहयोग पनि पाइने तथा उनीहरुरसँगको सुमधुर सम्बन्ध पनि स्थापित हुने उधेश्यले २०७० सालमा झलनाथ खनालले इलाममा मात्र नभई सर्लाही १ बाट पनि उमेद्वारी दिए ।
उनले उक्त क्षेत्रबाट पराजय भोगे पनि सर्पको टोकाइबाट बच्नको लागि एन्टिस्नेक भेनमू उत्पादन गर्ने …
धुब्र गजुरेलको नाटक ”१७ सालमा हराएकी छारी” लाई दिउसै रात पारीदिए
२ पुष , काठमाडौ । धुब्र गजुरेलले आफनो सामाजिक सन्जाल फेसबुकबाट एक षोष्ट गरेका छन् ।
यसो लेख्नछन् गजुरेल धुब्र
दिउसै रात परेको छ यहाँ ! १७ सालमा हराएकी छोरी को लेखक म ध्रुबप्रसाद गजुरेल यहि धर्तिमा उभिएकै छुु ।
सबै कलाकार १ जना स्व। राम प्रसाद श्रेष्ठ बाहेक अरू कलाकारहरू म संगै छन् तारकेश्वरको नाट्यपरम्परा शिर्षक दिएर देवेन्द्र अर्याल आँशुले लेख्नुभएको लेख मनमैजु साँस्कृतिक समाजबाट प्रकाशन भएको मन्थन पत्रिकामा तल हाईलाईट गरिएको कुरा सतप्रतिशत गल्ति हो ।
साहित्य वा कलाकारिता प्रतिको अक्षम्य अपराध हो भन्ने ठानेको छु यसलाई । मनमैजु साँस्कृतिक समाजलाई सत्य …
उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार
२ पुष , काठमाडौं । आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।
पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो । दुई लाख रुपैयाँ नगद र सम्मानपत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिएका हुन् । लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहेकाले उनका भाइले पुरस्कार ग्रहण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष पोखरेलले उपन्यासमा उठान भएको विषय मार्मिक …
ओशोलाई अन्तरहृदयदेखि पढ्दा
२५ मंसिर , काठमाडौ । ‘ज्योतिष अद्वैत का विज्ञान’ नामक पुस्तक नै स्कूली पाठ्यक्रम बाहिरको पहिलो पुस्तक पढेको सम्झना छ मलाई। भारतमा आपतकालका समय थियो। इन्टरनेटको त के कुरा टेलिफोन, टेलिभिजनकै नाम सुनेको थिइन। घरमा रेडियो हुने नै त्यसबेला ठूलो मानिस हुन्थ्यो।
पुस्तक पनि अहिलेको जस्तै सर्वसुलभ र सस्ता कहाँ हुनु र ! मानिसले आफ्नो लुगाभन्दा पुस्तकको बढी हेरचाह गर्थे। पुस्तक पढ्ने मानिसलाई टोल -छिमेक, गाउँ शहरमै विशिष्ट नजरले हेरिन्थ्यो।
मेरा एक जना स्कूले साथीका काका डाक्टर थिए। उनको आफ्नै क्लिनिक थियो। ११-१२ वर्षकै उमेरमा मलाई उनको क्लिनिकमा बसेर गफ चुट्दै चिया …