Comments Add Comment

Advertisment

SKIP THIS

पाँचथरमा कोरोनाबाट दुई जनाको निधन

२८ जेठ, काठमाडौ । कोरोनाभाइरस सङ्क्रमणबाट यहाँ दुईजनाको निधन भएको छ । ती मध्ये एक सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता (युजिआइ ब्लिडिङ) का कारण मृत्यु भएको छ ।

तेह्रथुमको आठराई घर भई फिदिममा बस्दै आएका ६५ वर्षीया महिलाको आज पाँचथर जिल्ला अस्पतालमा मृत्यु भएको हो । यही जेठ २५ गते गरिएको एन्टिजेन परीक्षणमा उनी सहित परिवारका अन्य सदस्यमा समेत कोरोना पुष्टि भएको थियो ।उनीका श्रीमान पनि सङ्क्रमित भइ अस्पतालमा उपचाररत छन् ।

होम आइसोलेसनमा रहेकी ती महिलालाई स्वास्थ्यमा समस्या आएपछि आज अस्पताल पु¥याइएको जनाइएको छ । सङ्क्रमित महिलाको मुखबाट रगत बान्ता गर्ने समस्याका कारण ज्यान गएको जिल्ला अस्पतालका सिनियर अहेव उमेश शाहले जानकारी दिए ।

विशेषतः कोरोनाजस्ता जटिल अवस्थामा हुने मद्यपानले यस प्रकारका समस्या निम्त्याउने गरेको उनको भनाइ छ । जिल्लामा विहीबार पनि दुई सङ्क्रमितको मृत्यु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

गायक तथा अभिनेता जयनन्द लामाको निधन

नाटककार प्रचण्ड मल्लको निधन