Comments Add Comment

Advertisment

SKIP THIS

निरीक्षण सहित मातहतका प्रहरीलाई निर्देशन दिदै : एसएसपी अशोक सिंह

७ भदौ , काठमाडौ । निश्पक्ष र भेदभाव रहित अनुसन्धान, बोली व्यवहारमा नम्रता-शिष्टता एवं व्यवसायिक भएर कार्यगर्न मातहतका प्रहरी कर्मचारीलाई प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले निर्देशन दिनुभयो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले मंगलबार विहान महानगरीय प्रहरी वृत्त महाराजगन्ज र महानगरीय प्रहरी वृत्त बौद्धको निरीक्षण तथा निर्देशन कार्यक्रममा बोल्नुहुदै राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने भएकोले प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्दै सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने भन्दै उहाँले प्रहरी कार्यालयमा आउने सेवा ग्राही पिडित भएरनै आउने हुनाले पिडितलाई परेको पिरमर्कालाई आफुलाईनै परेको हो भन्ने सम्झि, सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।

एसएसपी अशोक सिंहले कर्तव्य पालनाको शिलशिलामा आफ्नो पदिय हैसितमा म ठूलो हुँ भन्ने भावनालाई थाति राखी जिम्मेवारीको गहनतालाई बुझि जिम्मेवार भई सेवा प्रवाह गर्न समेत निर्देशन दिनु भयो । तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत Audit भैरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई Excuse नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता गरि सेवा ग्राहीलाई दु:ख दिई अन्याय गर्ने काम गरेमा त्यस्ता प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउन समेत आफू पछि नपर्ने बताउनु भयो ।

कानूनको उल्लंघन गर्ने जो कोही भएतापनी ओहदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिदै कानूनको सहि तरिकाले निर्दयीता पूर्वक कार्यान्वयन गर्दा जस्तो सुकै दवाव आएपनि पछी नहटन निर्देशन दिनु भयो । विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्ती सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उहाले निर्देशन दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment