Comments Add Comment

Advertisment

SKIP THIS

राताम्मे सेयर बजारमा डेढ घण्टामा ६५ अंकले घट्यो

१९ मंसिर , काठमाडौ । साताको पहिलो दिन शेयर बजार खुल्ने बित्तिकै उच्च अकंको गिरावट देखिएको छ ।

बजार खुलेको १ घण्टा ४० मिनेटमा बजार परिसूचक नेप्से ६५.३२ अंकले घटेको छ । दोस्रो बजारमा २२२ कम्पनीको शेयर आइतबार कारोबारमा आएका छन् ।

जसमध्ये १७९ कम्पनीको शेयर मूल्य घट्दा ७ कम्पनीको शेयर मूल्य मात्रै बढेको छ । यस्तै २ कम्पनीको शेयर मूल्य स्थिर छ । यो समाचार तयार पार्दासम कारोबारमा आएका १२ मध्ये सबै उपसमूह राताम्मे भएका छन् । यसमा पनि जीवन बिमा र निर्जिवन बिमा उपसमूहमा उच्च अकंको गिरवट देखिएको छ ।

ङ्यादी हाइड्रो पावर, बोटलर्स नेपाल तराई, र एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य बढेका छन् भने सिभिल लघुवित्तको शेयर मूल्यमा उच्च गिरावट देखिएको छ । यस्तै सबैको र ग्लोबल आईएमई लघुवित्त र सिन्त्रु बिकास बैंकको शेयर पनि घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै