Comments Add Comment

Advertisment

SKIP THIS

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

११ फागुन, काठमाण्डौं ।  बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार हिजो बेलुका निकुञ्जसँग सीमा जोडिएको आफ्नो घर नजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतकको आधा खुट्टा, हात खाएको र क्षत विक्षत अवस्थामा शव फेला परेको जनाइएको छ । मृतक थारुको शव राति नै पोस्टमार्टमका लागि गुलरिया लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment