
१८ पुष , काठमाडौ । इटहरी आएर माधव कुमार नेपालले केपी ओली सम्झेका छन ।
उनले सो क्रममा केपी बा आइ लभ यू भनेका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश १ को प्र्रथम अधिवेशन उद्घाटनको क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओली प्रति व्यङ्ग्य गर्दै त्यसो भनेका हुन ।
सो क्रममा नेपालले ओलीले आफुले आफुलाई देवत्वकरण गरेको बताए । नेपालले ओलीलाई अटेरी, दम्भी र निरंकुश चरित्रको मान्छे भएको बताए । नेपालले पार्टी भित्र आफुले आफुलाई बाहेक अरुलाई कौन पुछे खेसडी के दाल सरह ठान्ने गरेको बताए ।
कार्यक्रमलाई सम्बोधनको क्रममा नेपालले ओली सँगै एमाले पार्टी पतनको बाटो उन्मूख भएको बताए । उनले आफ्नो पार्टीमा एमाले भित्र रहेका छिटपुट नेता कार्यकर्ता प्रवेशको लर्को रहेको बताए । कार्यक्रममा नेपालले एमालेका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रहेका धर्मराज निरौलालाई पार्टीमा स्वागत गरेका थिए ।




