२५ चैत , काठमाडौं । नेपाली कांग्रेस विराटनगर महानगर समितिले आगामी स्थानीय चुनावमा विराटनगरमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दुई दिन अगाडि बसेको नगर समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
‘विराटनगरमा कुनै पनि किसिमको गठबन्धनको आवश्यकता छैन । विराटनगरमा १९ वटा वडा तहसम्मै गठबन्धन हुँदैन’ नगर सभापति दीपक चापागाईँले निर्णयबारे भने । केन्द्रले स्थानीय अवस्था हेरेर तालमेल गर्ने निर्णय गरिसकेको छ । त्यसैले विराटनगरको विषयमा केन्द्रको केही भन्न नपाउने बताए ।
उनका अनुसार विराटनगरमा वडातहसम्मकै उम्मेदवारको नामावली संकलन र सिफारिसको काम भइरहेको छ । हालसम्म १९ वटा वडामध्ये एउटा वडा १८ नम्बरबाहेक सबैको नामावली सिफारिस भएको उनको भनाइ छ ।





