२०७४ सालको तुलनामा अहिले मतदाता संख्या करिब ३६ लाखले बढेको छ । देशलाई समृद्दिको दिसातिर लैजानको लागि युवा शक्ति नै प्रमूख हो । हालको उक्त तथ्यले के आंकलन गर्न सकिन्छ भने कुनै पनि राजनीतिक दलको खोक्रो रास्ट्रवादको आश्वासनले अहिलेका युवाहरुको मन पग्लिदैन । अहिलेको युवा शक्तिमा राज्यको बागडोर सुम्पिने हो भने मात्र देश बिकासको निकास खुल्ने कुरामा दुई मत नहुन सक्छ । तर अहिलेका प्राय: राजनीतिक दलले युवा शक्तिलाई नेतृत्व दिन उपेक्षा गरेका भन्ने जनगुनासो आएतापनि बिगतका विभिन्न तहको चुनावमा भन्दा अहिलेको चुनावमा प्रतिनिधित्व गर्ने युवाहरुको संख्या बढी देखिन्छ ।
कतै सुनिएको छ कि, केन्द्रको निर्देशन नमाने कारवाही, अनि कतै बुझिएको छ कि, हामी महान क्रान्तिकारी किन भोट क्रस गर्ने ? त्यस्तै कसैले भनेका छन कि, हामी प्रजातन्त्रवादी किन कम्युनिस्टलाई भोट दिने ? फेरि अर्कोतिर भनिएको छ कि , हामी किन राजावादीसंग सामिप्यता राख्ने ? वास्तवममा जनतालाई स्वतन्त्ररुपमा मत दिने अधिकारवाट बन्चित गर्नु हुदैन । चुनावमा मताधिकार कुनै ब्यक्तिको पकेट नोटमा अल्झीएको फुरांक होइन । यो त स्वस्फुर्तरुपमा दान दिने प्रकृया हो, न कि बाध्यताको भूमरीमा जकडिन पुगियोस । हुन त , भागबन्डा, तिक्तम्मा , जाल झेल, खुरापातीमा अल्झिएको यो नेपालको राजनीतिमा कुन पार्टीको कति मत आउँछ आंकलन गर्न गाह्रो छ ।
नेपाली कांग्रेसका संस्थापक भनेर परिचित किसुन जी र गणेशमान सिंहले त पार्टी नेतृत्व र क्रियाकलापमा असहमति भए पछि पार्टी त्यागे भने अहिलेका नेतृत्वको त झन के कुरा गर्नु ?
कम्यूनिष्टले जीते रुन समेत पाँइदैन भन्ने देउवा आफ्ना कार्यकर्तालाई कम्यूनिष्टमा भोट हाल्न ह्विप जारी गर्दैछन । यो भन्दा लज्जाको विषय अरु के हुनसक्छ एउटा प्रजातान्त्रीक पार्टीको लागि ? अनि के नैतिकता देखाउने ल्याकत छ र विश्वप्रकाश शर्मा र गगन थापासँग ?
एमालेसँग हुँदा हरेक पदमा 40% हैसियत पाएको माओवादी कांग्रेस र अन्य पार्टीसँग च्यापिएर उहीँ एक महानगरपालिका र दुई उपमहानगरपालिकामा खुम्चिदा करिब ९ % को हैसियतमा झर्न बाध्य के ले बनायो ? त्यसको लेखाजोखा पनि इतिहासले खोज्ला नै । प्रचण्डकी छोरीको टिकट सुरक्षित हुनु नै महान जनयुद्धको उपलब्धि हो त ? उता कांग्रेसका नेताहरु शेखर कोइराला र मृगेन्द्र रिजालले भने ब्यापक बिरोध गरिरहेका छन । यसै क्रममा नेता खाँड भन्छन :
“पार्टी निर्देशन विपरीत रूखमा भोट हाले कारबाही हुन्छ।” तसर्थ यो स्वार्थको जालोमा बेरिएका गठबन्धनका नेताहरु सवै आ आफ्नै नातागोतालाई नेतृत्व बाँडफाँडमा तल्लीन छन । देउवालाई अव छैटौं पटक प्रधानमन्त्री हुनु छ तर पार्टी बिग्रे भत्के पनि के मतलव ! प्रकासमान सिंहलाई अर्कै लोभ छ श्रीमतीलाई उपमेयर बनाउने । कसैलाई रास्ट्रपतिको आश्वासन दिइएको छ भने कसैका छोरी अनि बुहारी पदमा पुग्दैछन । तर पार्टीमा जीवनभर लाग्ने क्याडरहरु भने बिचल्लीमा परेका छन । उता एमाले गठबन्धनको जालो तोड्न तल्लीन छ । अनि राप्रपा लिङ्देल समुहले पनि राम्रै नतीजा ल्याउनेमा आम जनतालाई आश्वासनका पोकाहरु बाड्दैछन । तैपनि असली कार्यकर्ता र मतदाताहरुले भने क्रस भोट नहाल्ने पक्षमा भएकाले पनि आमरुपमा चुनावी नतिजा कुन पार्टीको कस्तो आउंछ यसै भन्न सकिने अवस्था छैन ।
खिमराज गिरी



