Comments Add Comment

Advertisment

SKIP THIS

स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता

२५ साउन , काठमाडौं । स्याङ्जामा ६ हजार चार सय नयाँ मतदाता थपिएका छन् । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सुरु भएको मतदाता नामावली सङ्कलनमा ती मतदाता थपिएका हुन् ।

सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेसँगै साउन १९ गतेसम्ममा नयाँ मतदाता थपिएका हुन् । साउन १९ पछि भने निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली सङ्कलन कार्य स्थगित भएको जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए । जिल्लाका ११ स्थानीय तह अन्तर्गत ९७ वटा वडाका सेवाग्राहीलाई पायक पर्ने गरी तीन स्थानमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको उनले बताए ।

स्याङ्जामा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय वालिङमा नियमितरुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । “मतदाता नामावलीमा नाम लेखाउनका लागि दैनिक तीन वटै कार्यालयमा सेवाग्राहीको भीड हुने गथ्र्यो”, उनले भने, “सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै अब अरु तयारीमा लाग्नुपर्ने भएकाले मतदाता नामावली सङ्कलन कार्य स्थगित गरिएको छ ।”

नयाँ थपिएको सङ्ख्या जिल्लाभित्रका तीन वटा कार्यालयमा आई फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने मात्रै रहेको कार्यालयले जनाएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जामा दुई लाख ४० हजार पाँच सय ३५ मतदाता थिए । अब जिल्लामा नयाँ थपिएकासहित दुई लाख ४६ हजार नौ सय ३५ मतदाता पुगेका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै