Comments Add Comment

Advertisment

SKIP THIS

लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

११ बैशाख , काठमाडौं । मकवानपुर प्रहरीले ६ ग्राम ६८० मिली ग्राम लागूऔषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा हेटौँडा–२ बस्ने सन्तोष पोखरेलको कोठा चेकजाँच गर्ने क्रममा शंखभित्र लुकाएर राखेको अवस्थामा लागूऔषध खैरो हिरोइनसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेको पोखरेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment