Comments Add Comment

Advertisment

SKIP THIS

मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफी चाहन्छु : स्थापित

२७ वैशाख, काठमाडौं । एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापितले आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेकाे भए माफी मागेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो अभिव्यक्ति र लेखाइबाट कसैलाई चोट पुगेको भए माफी चाहेकाे बताए । ‘मेरो अभिव्यक्तिले कसैलाई चोट पुगेको सुनेँ । कसैलाई मेरो अभिव्यक्ति र लेखाइले चोट पुगेको भए माफी चाहन्छु,’ स्थापितले भने ।

आफू निर्वाचित भएमा दलित र अपांगता भएका विद्यार्थीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै