Comments Add Comment

Advertisment

SKIP THIS

मोदीको नेपाल भ्रमणका उपलब्धी के ?

 भनिन्छ नि, सम्बन्धमा बिश्वास र मोबाइलमा नेट्वर्क भएन भने जरुर अर्काले गेम खेल्छन नै । हो, आज नेपालको राजनीतिमा पनि आफ्नै घरभित्र सम्बन्धका अनेक खाडलहरु गहिरिएका छन जसले गर्दा आफ्नो घर अगाडिको मैदानमा अरुले गेम खेलिरहेका छन ।

चुनाव हुन्छ बिहारी सैलीमा अनेक गुटबन्दीको तालमा, रास्टृय स्वार्थको लागि दल एकजुट हुन जान्दैनन , सत्तामा गइसकेपछि नातागोता, इष्टमित्रको स्वार्थमा रुमलिने, महंगीले सीमा नाघ्दासमेत कोही नबोल्ने, देशको अर्थतन्त्र टाट पल्टिसक्यो, निर्यातित बस्तु भन्दा आयतित बस्तु चौगुना बढी, रेमिट्यान्स घट्दो, सियोदेखि मियो, सुनदेखि नुनसम्मको परनिर्भरता भएको मुलुकमा अचानक भारतीय कुट्नीतिज्ञहरुको रवाफ बढेसँगै गत जेष्ट ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको लुम्बिनी भ्रमणको लागि आए । उक्त समयमा नेपाल र भारतवीचमा ६ वटा समझदारी र सम्झौता भएको थियो ।

धार्मिक कूट्नीतिको नाममा भएको उक्त भ्रमण केवल अरुण ४ हत्याउनको लागि मात्र थियो न कि राजनीतिक मुद्दा सल्टाउन । उक्त सम्झौतानुसार नेपाल सरकारको ४९% र भारत सरकारको ५१% शेयर बांडफांड गर्ने, निर्माण लागतमा भारत सरकारको सहयोग हुने जस्ता कुराहरु लेखिएका छन । प्रधानमन्त्री केपी ओलीको पालामा लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको क्षेत्रफल बढाइएको नक्सा सार्वजनिक गरिएको थियो र तत्कालिन समयमा प्रधानमन्त्रीको आवाज थियो ” नेपालको भुभाग फिर्ता ल्याएरै छाड्छौ” चीन भन्थ्यो ” त्रिदेशीय बिन्दुमा एकपक्षीय काम नहोस ” भारत भन्थ्यो ” त्यो भाग हाम्रो हो ” आखिर चीनले भनेको कुरा भारतले एकलौटीरुपमा निर्णय गर्नु गलत थियो ।

बिज्ञहरु भन्थे ” नेपालको भुमी हो भन्ने कुराको प्रमाण प्रशस्त भएकोले नेपाल डराउनु पर्दैन ” तर यस्ता प्रतिकृयाहरु आउँदै गर्दा हामीले भन्नैपर्छ कि, हाम्रो बीरताको गाथामा कुनै ब्यथा नलागोस, त्यो भाग हाम्रै हो , भारत एक हेपाह साढे नै हो जो बगलसँग मिलेर बस्न नसक्ने ! इतिहासतिर फर्केर हेर्ने हो भने आँखामा आँसु नआउने नेपाली को होला र ती भारतीय दलाल पार्टी बाहेक ? त्यसैले हरेक समस्यामा अर्को समस्या खडा गर्ने देश भारत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै