२४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकामा आजदेखि आउँदो फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ । शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ । काठमाडौँ महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ ।



