Comments Add Comment

Advertisment

SKIP THIS

‘कबड्डी ४’ले कमायो २२ करोड ७३ लाख

२६ असार , काठमाडौँ । ‘कबड्डी ४’ले ४२ दिनमा नेपाल बक्स अफिसमा २२ करोड ७३ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

यो कलेक्सन नेपालमा सबैभन्दा धेरै कमाइ गर्ने ‘बाहुबली २’को कुल आम्दानी भन्दा अझै साढे २६ लाख रुपैयाँले कम हो । तर कबड्डीको चौथो श्रृंखलाले सबैभन्दा धेरै कमाउने घरेलु फिल्मको कीर्तिमान चाहिं कायम गरेको छ ।

‘कबड्डी ४’ले छैटौं सातासम्म मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कमाएको छ । फिल्मको यो कुल कमाइमा सातौं सप्ताहन्त अन्तर्गत शुक्रबार, शनिबार र आइतबारको कलेक्सन जोडिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै