काठमाण्डाै – आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।
गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महँगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर आज साेमवार एमालेले विरोध प्रदर्शन गरेको हो ।
एमालेकाे जनप्रदर्शन वसन्तपुरमा मिसिएर असन, भोटाहिटी, प्याफल, नरदेवी, बाङ्गेमूढा, हुँदै शान्तिबाटिकामा पुगेर समापन भएको थियो । जनप्रदर्शनमा पार्टीका काठमाण्डाै उपत्यकाका तीन जिल्ला (काठमाण्डाै, ललितपुर, भक्तपुर) उपत्यका विशेष प्रदेश, सम्पर्क कमिटी, जनवर्गीय सङ्गठन, सांसद, पार्टीको केन्द्रीय विभागको सहभागिता थियो ।
प्रदर्शनमा सहभागीहरूले विभिन्न ब्यानर, ग्यास सिलिन्डर बोकेर विरोध जनाएका छन् । प्रदर्शनकारीहरूले परमादेशी सरकार चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन, भ्रष्टाचार नियन्त्रण गर्, भ्रष्टाचारीलाई कारबाही गर् लगायतका नारा लगाएका थिए ।
खिमराज गिरी
महंगी र भ्रस्टाचार बिरुद्द बिरोध प्रदर्शन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
४
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
५
बाढीमा ज्यान गुमाएका परिवारलाई सरकारले तत्काल आर्थिक सहायता दिने
२०८३ भाद्र १० गते , बुधबार
६
तीन पत्रकारलाई हिरासतमा राख्न आदेश
२०८३ भाद्र ९ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment





