१० भदौ ,काठमाडौ । लोक तथा दोहोरी गायक रेशम थापा एक्कासि प्रेसरका कारण बिरामी भई न्युरो अस्पतालमा भर्ना भएका छन् ।
राष्ट्रिय संगीतकर्मी संघका पूर्व केन्द्रीय अध्यक्ष गायक रेशम थापा एक्कासी प्रेसरले हानेर बिरामी भई अस्पतालको बेडमा पैसाको अभावले टाउको अपरेसन गर्न निकै गार्हो भएको जानकारी प्राप्त भएको छ ।
थुप्रै चलचित्र तथा गीतमा अभिनय गरेका थापाले तीन वर्ष राष्ट्रिय संगीतकर्मी संघको कार्यवाहक अध्यक्ष समेत बनेका थिए । पूर्व केन्द्रीय अध्यक्ष गायक रेशम थापा प्रेसर कारण ढलेपछि ग्रिन सिटी अस्पतालमा लगिएको थियो ग्रिन सिटी अस्पतालले उपचारमा असर्हज गरेपछि न्युरो अस्पतालमा अहिले उपचार गरिरहेका छन् ।
न्युरो अस्पतालका अनुसार रेशम थापालाई प्रेसरका कारण तत्काल अपरेसन गर्नुपर्ने बताएका छन् । पैसाको अभावले अपरेसनमा गार्हो समेत भएको स्रोतले बताएको छ । सहयोगका लागी ९८६०२५७२५१ मा सम्पर्क गर्न सक्नुहुनेछ