Comments Add Comment

Advertisment

SKIP THIS

‘विश्वकप फुटबलमा अनलाइन बेटिङ गर्नेलाई कारबाही हुन्छ’

८ मंसिर , काठमाडौँ । कतारमा आइतबारदेखि सुरु भएको फिफा विश्वकप २०२२ मा अहिले समूह चरणका खेल भइरहेका छन् । चार वर्षमा एक पटक आउने यो फुटबलको महाकुम्भ मेलाले विश्वभरका करोडौं खेलकुद प्रेमीहरुको ध्यान तानिरहेको छ । यही मौकामा अनलाइन सट्टेबाजी झनै मौलाएको छ ।

कति गोल हुन्छ, हारजितको अन्तर र विजेता टिमका बारेमा बाजी राखेर पैसा कमाउन खाेज्नेहरू धेरै छन् । तर कानूनतः कुनै पनि प्रकारकाे सट्टेबाजी नेपालमा प्रतिबन्धित छ । तर पनि अनधिकृत बाटोबाट बाजी खेल्नेहरुकाे संख्या बढिरहेकाे पाइन्छ ।

गत मंसिर २ गते शुक्रबार कीर्तिपुरस्थित क्रिकेट रंगशालाबाट ५० जनालाई लाइभ बेटिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गर्‍यो । यसअघि पनि बेलाबेलामा सट्टेबाजीमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याएपनि यो गतिविधि नियन्त्रण्मा आउन सकेको छैन ।

प्रहरीले यस किसिमका गतिविधिलाई सट्टेबाजी गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चलाउने गरेको छ । त्यस्तै राष्ट्र बैंकले समेत सट्टेबाजी मार्फत ठूलो मात्रामा विदेशी मुद्रा अपचलन हुने गरेको भन्दै त्यस किसिमका गतिविधिमा नलाग्न बेलाबेलामा सचेत गराउँदै आएको छ । अर्काेतर्फ सट्टेबाजी कार्य विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएकाे भन्दै विज्ञापन बाेर्डले नियमन गर्ने गरेकाे छ ।

तर कानून कमजाेर हुँदा अनलाइन सट्टेबाजीका प्लेटफर्ममा खुलमखुला काराेबार भइरहेकाे छ । यसैबीच विश्वकप फुटबलमा हुनसक्ने सम्भावित सट्टेबाजीलाई नियन्त्रण गर्न काम गरिरहेको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

नेपाल प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले भने, ” प्रविधिको प्रयोग गरेर कसैले कम्प्लेन गरेमा वा हामीले त्यस्तो भइरहेको जानकारी भएमा तुरून्त पक्राउ गरेर अनुसन्धान थाल्छाैं ।”

सट्टेबाजीका माध्यमबाट हार्ने वा जित्ने बाजी लगाएको खण्डमा उक्त काम स्वतः कानून विपरीत हुने बताउँदै उनले विश्वकप फुटबलका बेला यससँग सम्बन्धित गतिविधिमा संलग्न नहुन सबैलाई​ आग्रह गरे ।

“प्रविधिको प्रयोग गरी बेटिङ भइरहेको कम्प्लेन आएमा तुरून्त एक्सन लिन्छाैं,” उनले भने, “कम्प्लेनको आधारमा कस्तो कसूर आकर्षित हुन्छ, मुद्धा त्यही अनुसार चलाइन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै